चीनले सिरियालाई ४ हजार टन चामल पठायो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चीनले सिरियालाई ४ हजार टन चामल पठायो


३ माघ २०७८, सोमबार


दमासकस । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल हिजो (आइतबार) सिरियाले प्राप्त गरेको हो । सिरियामा पछिल्लो समयमा द्वन्द्व तथा खडेरीका कारणले खाद्य सङ्कट परेको बताइएको छ ।

त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ । पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा सो चामल प्रदान गरिएको थियो ।

आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए । उनले सङ्कटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए ।

त्यसै गरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस