सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाकाे मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाकाे मृत्यु


३ माघ २०७८, सोमबार


कर्णाली । वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क.०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

घाइते अवस्थाकी कँडेलको उपचारको क्रम कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उनले बताए ।

मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाई काशीराम सापकोटाले बताए । ‘शव अहिले प्रदेश अस्पतालको शव गृहमा छ’, उनले भने, ‘प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ ।’

प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

उनका अनुसार पीडित पक्षका आफन्तसँग छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस