पार्टीमा कुनै असहजता छैन : केन्द्रीय सदस्य गच्छदार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टीमा कुनै असहजता छैन : केन्द्रीय सदस्य गच्छदार


२ माघ २०७८, आइतबार


विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनीत गरिसकेको प्रसङ्ग उल्लेख गरे ।

उनले अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ताबीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरे।

पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गरे ।

उनले आगामी निर्वाचनमा पार्टी एक ढिक्का भएर लाग्नुपर्ने धारणा पनि राखे । उनले तीनै तहको निर्वाचन एकै पटक वा अलगअलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताए ।

अधिवेशनका दौरानमा देखिएका नकारात्मक कुरालाई बिर्सेर नेतृत्व पङ्क्ति एवं आम कार्यकर्ता र नेताहरु आगामी दिनमा एक ढिक्का भई अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस