सुनचाँदीको मूल्यमा गिरावट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनचाँदीको मूल्यमा गिरावट


२ माघ २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

गत मंगलबारदेखि वृद्धि हुँदै आएको सुनचाँदीको मूल्यमा भने आज गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार २ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस