बेइजिङमा देखियो ओमिक्रोन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेइजिङमा देखियो ओमिक्रोन


२ माघ २०७८, आइतबार


बेइजिङ । बेइजिङमा ‘ओमिक्रोन’ देखिएको छ। शीतकालीन ओलम्पिक नजिकिदै जाँदा चीनले कोरोनाको परीक्षणलाई तीव्र पारेको छ।

बेइजिङमा समुदाय स्तरमा नै ओमिक्रोन संक्रमित भेटिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको अलजजीरामा समाचार छ। बेइजिङमा समुदायमा ओमिक्रोन संक्रमित भेटिएको यो पहिलो घटना भएको बताइएको छ।

संक्रमित व्यक्ति कहिंकतै गएका थिएनन्। शनिबार त्यहाँको एक टेलिभिजनले बेइजिङमा ओमिक्रोन संक्रमित भेटिएको जनाएको हो।

बेइजिङका रोग नियन्त्रण प्राधिकरणका अधिकारी प्यांग सिंङ्हुओले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको पुष्टी गरेका छन्।

चीनका अधिकांश राज्यमा कोरोना संक्रमणको जोखिम कम गर्न लकडाउन गरिएको छ।

बेइजिङमा फ्रेब्रुअरी ४ बाट शीतकालीन आलम्पिक सुरु हुँदैछ।

Tags :
प्रतिक्रिया दिनुहोस