त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पढाइ नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म पढाइ नहुने


१ माघ २०७८, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा गरेको छ ।

विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ, ‘परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने।’

निकटमै परीक्षा हुने भई पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस