सातामा ११ सयले बढ्यो सुनको मूल्य « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सातामा ११ सयले बढ्यो सुनको मूल्य


१ माघ २०७८, शनिबार


सुन

काठमाडौँ । यो सातामा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ह्वात्तै बढेको जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ थियो । यो साताको आइतबार सोही मूल्य कायम रहँदै सुनको कारोबार मूल्य तोकिएको थियो । सोमबार तोलामा ३०० ले घटेको थियो भने मंगलबार पुनः ३०० ले बढेको थियो । यस्तै, बुधबार ४०० रुपैयाँ, विहीबार ५०० र शुक्रबार २०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

यसैगरी,गत साताको शुक्रबार तेजाबी सुनको प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ११ सय रुपैयाँले बढेर ९२ हजार २०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँ कायम रहेको चाँदी यो साताको शुक्रबार १२ सय ६० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस