श्रेष्ठ सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

श्रेष्ठ सेञ्चुरी क्यापिटल मार्केट्सको सीईओमा नियुक्त


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

शुक्रबार बैँकको सहायक कम्पनी सेञ्चुरी क्यापिटलले २ गतेदेखि पद सम्हाल्ने गरी श्रेष्ठलाई सिइओ नियुक्त गरेको हो ।

श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठसँग २० वर्षभन्दा लामो बैंकिङ्ग अनुभव रहेको छ ।

यसअघि श्रेष्ठले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस