बतासको पक्षमा अघि सर्‍यो उद्योग वाणिज्य महासङ्घ पनि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बतासको पक्षमा अघि सर्‍यो उद्योग वाणिज्य महासङ्घ पनि


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) अघि सरेको छ ।

नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएपछि बतासको पक्षमा सङ्घले बोलेको हो ।

शुक्रवार (आज) महासङ्घले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रूपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको छ ।

‘नारायणहिटी सङ्ग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहार, चरित्र हत्या र मान मर्दनप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासङ्घले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस