टेलिकमको नेटवर्कमा समस्या « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टेलिकमको नेटवर्कमा समस्या


२९ पुस २०७८, बिहिबार


सोलुखुम्बु । नेपाल टेलिकमको सोलुखुम्बु नेटवर्कमा समस्या देखिएको छ । विगत दुई दिनदेखि सो क्षेत्रको नेटवर्कमा समस्या आउँदा जिल्लाका सेवाग्राही मारमा परेका हुन् । 

बुधवार बिहानदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागि हाले आवाज नबुझिनेलगायतका समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् । जसका कारण सञ्चार सेवाबाट आफूहरू वञ्चित हुनुपरेको उनीहरूको भनाई छ । 

नेपाल टेलिकम सल्लेरी शाखाले भने पत्ताले र ओखलढुङ्गाको बिचमा फाइबर तार चुँडिदा समस्या आएको जनाएको छ । पछिल्लो समय देशका विभिन्न भागहरूमा बेला बेलामा यस्तो समस्या आउने गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस