पुराना कर्मचारी हटाएर नयाँलाई तालिम दिन थालिएपछि विरोध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पुराना कर्मचारी हटाएर नयाँलाई तालिम दिन थालिएपछि विरोध


२८ पुस २०७८, बुधबार


जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका एक सय ५१ जना कर्मचारीलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारीहरू आन्दोलित भएका छन्।

ज्यालादारीमा काममा खटाउने भनिएका पुराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी आजदेखि जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिम स्थलमै गएर विरोध जनाएका हुन्।

नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाई जयनगर-कुर्था खण्डमा नियुक्त भएका कर्मचारीहरूलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धकले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्नसमेत माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस