हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको उत्तर कोरियाको भनाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको उत्तर कोरियाको भनाई


२८ पुस २०७८, बुधबार


प्योङयाङ । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको भनिएको क्षेप्यास्त्र हाइपरसोनिक क्षेप्यास्त्र भएको उत्तर कोरियाले जानकारी दिएको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा परीक्षण गरिएको पनि उत्तर कोरियाले जानकारी गराएको हो ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले मंगलबार प्रहार गरिएको क्षेप्यास्त्रको बारेमा सो जानकारी दिएको हो । साथै सो समाचार संस्थाले उक्त क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानासम्म नै पुगेको पनि जनाएको छ ।

उत्तर कोरियाले एक हप्तामा नै दुई पटकसम्म क्षेप्यास्त्र परीक्षण गरेको हो । नयाँ वर्ष सन् २०२२ को अवसरमा दिएको सन्देशमा उत्तर कोरियाली नेता किमले उत्तर कोरियाको प्रतिरक्षा प्रणाली बढाउने बाचा गर्नुभएको थियो ।

त्यसपछि एकै साताभित्र दुई वटा क्षेप्यास्त्र परीक्षण भएका छन् । सो क्षेप्यास्त्र परीक्षणको विश्वका विभिन्न देशले विरोध पनि गरेका छन् । मंगलबार गरिएको प्रक्षेपणको पहिचान दक्षिण कोरिया र जापानले पनि गरेको जनाएका थिए ।

ती दुवै छिमेकी देशले उत्तर कोरियाबाट समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको बताएका थिए । बुधबार उत्तर कोरियाली समाचार संस्था केसीएनऐ उक्त क्षेप्यास्त्र हाइपरसोनिक भएको र त्यो उच्च गतिको भएको पनि बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस