२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको जीवनस्तर सहकारीको महत्वपूर्ण भूमिका : नेता निधि

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । काठमाडौँको टोखा नगरपालिकामा मुख्य कार्यालय रहेको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले जनताको जीवनस्तर उकास्ने सहज र लोकतान्त्रिक माध्यम सहकारी भएकोले यो अभियान अघि बढाउन एकभन्दा बढी सहकारी बैँकको आवश्यकता रहेको बताए ।

पूर्वउपप्रधानमन्त्री निधिले देशभरका करिब ३० हजार सहकारी संस्थामा आबद्ध लाखौँ सदस्यको जीवनस्तर उकास्न एउटा मात्र सहकारी बैंक पर्याप्त नभएको उल्लेख गरे । एउटामात्र सहकारी बैँकले सहकारी अभियान अघि बढाउन नसक्ने उनको भनाइ थियो । पार्टीका पूर्वउपसभापति निधिले सहकारी अभियान अगाडि बढाउन कांग्रेसको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा कान्तिपुरी सहकारी संस्थाका अध्यक्ष मनोज भण्डारीले सहकारीको विकासले मात्र जनताको आयस्तर विकास हुने भएकाले सहकारी बैँक विस्तारमा सरकारले सहयोग गर्नुपर्ने बताएक थिए । सोही कार्यक्रममा सहकारी संस्थाका वृद्धवृद्धा, एकल महिला तथा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।