जनताको जीवनस्तर सहकारीको महत्वपूर्ण भूमिका : नेता निधि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनताको जीवनस्तर सहकारीको महत्वपूर्ण भूमिका : नेता निधि


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । काठमाडौँको टोखा नगरपालिकामा मुख्य कार्यालय रहेको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा आज आयोजित कार्यक्रममा उनले जनताको जीवनस्तर उकास्ने सहज र लोकतान्त्रिक माध्यम सहकारी भएकोले यो अभियान अघि बढाउन एकभन्दा बढी सहकारी बैँकको आवश्यकता रहेको बताए ।

पूर्वउपप्रधानमन्त्री निधिले देशभरका करिब ३० हजार सहकारी संस्थामा आबद्ध लाखौँ सदस्यको जीवनस्तर उकास्न एउटा मात्र सहकारी बैंक पर्याप्त नभएको उल्लेख गरे । एउटामात्र सहकारी बैँकले सहकारी अभियान अघि बढाउन नसक्ने उनको भनाइ थियो । पार्टीका पूर्वउपसभापति निधिले सहकारी अभियान अगाडि बढाउन कांग्रेसको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा कान्तिपुरी सहकारी संस्थाका अध्यक्ष मनोज भण्डारीले सहकारीको विकासले मात्र जनताको आयस्तर विकास हुने भएकाले सहकारी बैँक विस्तारमा सरकारले सहयोग गर्नुपर्ने बताएक थिए । सोही कार्यक्रममा सहकारी संस्थाका वृद्धवृद्धा, एकल महिला तथा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस