कक्षा ११ को आंशिकतर्फको परीक्षाफल प्रकाशित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कक्षा ११ को आंशिकतर्फको परीक्षाफल प्रकाशित


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ ।

असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल हिजो (बिहीबार) प्रकाशन भएको हो ।

परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए । जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए ।

तीमध्ये दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार ७९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस