पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको दाबी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको दाबी


२३ पुस २०७८, शुक्रबार


इस्लामावाद । पाकिस्तानमा अहिले लकडाउन गर्ने योजना नरहेको एक मन्त्रीले दाबी गरेका छन् ।

पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले कोरोनाभाइरसको महामारी फैलिँदै गएपनि अहिले नै लकडाउनको योजना भने नबनाइएको स्पष्ट पारेका हुन्।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएर पाकिस्तानमा अहिले पाँचौँ चरणको महामारी सुरु भएको घोषणा गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी एक हजारभन्दा बढी नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक भएकै बेला मन्त्रीको यस्तो भनाई आएको हो ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा पाकिस्तानमा एक हजार ८४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

‘हामीले कोरोनाभाइरसबाट दैनिक नयाँ थपिएका सङ्क्रमितहरुको सङ्ख्या र अवस्थालाई नजिकबाट नियालिरहेका छौँ, तर अहिले नै लकडाउन लगाउने योजना भने बनाएका छैनौँ,’ उमरले भने ।

उनले अरु देशहरुमा के भइरहेको छ र उनीहरुले के गरिरहेका छन् भन्ने बारेमा पनि आफुहरुले अध्ययन गरिरहेको पनि जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस