निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन


२३ पुस २०७८, शुक्रबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।

वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगेका हुन् । आन्दोलित स्थानीय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए ।

नगरप्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो ।

उनले निकुञ्ज कार्यालयले वडा कार्यालय बनाउनेबारे सोधेको प्रश्नको जवाफ पठाइसकिएको उल्लेख गर्दै निकुञ्जले अवरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस