वादी समुदायलाई निःशुल्क सोलार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वादी समुदायलाई निःशुल्क सोलार


२२ पुस २०७८, बिहिबार


अर्घाखाँची । सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका–२ का १३ वादी परिवारलाई सोलार वितरण गरिएको हो ।

झन्डै ३५ वर्षसम्म वादी समुदाय भद्रिखोलामा त्रिपालमुनि बस्दै आएको थियो । हाल उनीहरुका लागि नयाँ घर निर्माण गरिएको हो ।

स्थानीय मधु वादीका अनुसार चुत्राबेँसीका वादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएको हो । सोही समुदायलाई हालै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सोलार वितरण गरे ।

नगरपालिका र लुम्बिनी प्रदेश सरकारको पहलमा वादी समुदायलाई निःशुल्क जग्गा र घर निर्माण गरिएको हो । स्थानीय सरकारले खानेपानीको व्यवस्थापन गर्न तथा जीवनस्तर उकास्न काम गरिरहेको छ ।

वडाध्यक्ष मोतिजङग रायमाझीका अनुसार वादी समुदायको व्यवस्थित बसोबासका लागि नगरपालिकाले काम गरिरहेको छ । वादी समुदायले गिट्टी कुट्दै, बालुवा चाल्दै, ज्यालामजदूरी गरी जीवनयापन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस