नेकपा (एकीकृत समाजवादी) : बैतडीका सबै पालिकामा कमिटी गठन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा (एकीकृत समाजवादी) : बैतडीका सबै पालिकामा कमिटी गठन


२१ पुस २०७८, बुधबार


बैतडी । नेकपा (एकीकृत समाजवादी)को सङ्गठन विस्तार अभियान अन्तर्गत जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले छ गाउँपालिका र चार नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए ।

सो पार्टीले सङ्गठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबै स्तरमा कमिटी गठन गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिए ।

यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस