फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाख बढी सिरिन्ज आइपुग्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाख बढी सिरिन्ज आइपुग्यो


२० पुस २०७८, मंगलबार


काठमाडौँ । कोभिड –१९ विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ ।

कतार एयरलाइन्सको नियमित उडानमार्फत मंगलबार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले फाइजर खोपमा प्रयोग हुने ०।३ एमएलको सिरिन्ज मंगलबार दिउँसो आएको जानकारी दिए ।

सिरिन्ज अभावकै कारण काठमाडौं उपत्यकासहित ८ जिल्ला बालबालिकालाई १३ पुसदेखि दिने भनिएको खोप अभियान प्रभावित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस