पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु « प्रशासन
Logo २९ जेष्ठ २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु


२० पुस २०७८, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २६३ जना सङ्क्रमणमुक्त भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख २५ हजार ९५० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०१ पुगेको छ भने ८ लाख १२ हजार ९३७ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ९४ जना रहेका छन् । जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८८ जना आइसियु र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस