ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै


२० पुस २०७८, मंगलबार


नयाँ दिल्ली । भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ ।

भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गरेका थिए ।

यहाँको सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाईन दर्ता गर्न माग गरेको थियो । सोही बमोजिम यहाँका करिब १२ लाख युवायुवतीहरुले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको छ ।

उता भारतको मध्यप्रदेशमा कोरोना भाइरस पछिल्ला दिनहरुमा निकै अनियन्त्रित रुपमा बढिरहेको बताइएको छ । नयाँ सङ्क्रमितहरुको वृद्धि हेर्दा यहाँ कोरोना भाइरसले तेस्रो लहरको सङ्केत दिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

भारतको मध्यप्रदेश राज्यमा मात्र सोमबार मात्र २२१ जना ओमिक्रोन भेरियन्टका सङ्क्रमित भेटिएका छन् । तर एक हप्ता अघिसम्म यहाँ ४२ जना मात्र ओमिक्रोन सङ्क्रमित थिए । यहाँ गएको सात दिनभित्र मात्र नयाँ सङ्क्रमितको संख्यामा ५०० प्रतिशतले वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले आगामी १० जनवरीदेखि हरेक दिन यस प्रदेशमा एक हजारभन्दा बढी ओमिक्रोनकै संक्रमितहरु आउने अनुमान गरिएको बताएका छन् ।

अहिलेसम्म यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे केही नयाँ निर्णय गरेको छैन । तर पनि यस विषयमा सरकारले विचार गर्न सक्ने पनि उनीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस