अमेरिकाद्वारा अध्यक्ष प्रचण्डलाई बधाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकाद्वारा अध्यक्ष प्रचण्डलाई बधाई


२० पुस २०७८, मंगलबार


काठमाडौँ । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले आज (मंगलबार) ट्विटरमार्फत प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई दिएको हो ।

‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिबद्ध छ,’ ट्विटमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस