प्रवाह बुलेटिन विमोचन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रवाह बुलेटिन विमोचन


२० पुस २०७८, मंगलबार


पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा प्रकाशित प्रवाह बुलेटिन महासङ्घका केन्द्रीय महासचिव रोशन पुरी र शाखा अध्यक्ष रेखीराम रानाले विमोचन गरेका छन् ।

पाल्पा शाखाको ३०औँ स्थापना दिवसका अवसरमा प्रकाशित बुलेटिन स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यममा देखिएका समस्या र समाधानसम्बन्धी लेख समावेश गरिएको छ ।

प्रवाहमा पाल्पाका सञ्चारमाध्यमको विवरण, महासङ्घका गतिविधि र सदस्यको विवरण समावेश गरी प्रकाशन गरिएको जिल्ला अध्यक्ष रानाले बताए । स्थापना दिवसकै अवसरमा महासङ्घ पाल्पा शाखामा योगदान गर्ने संस्थापक र पूर्व जिल्ला अध्यक्षलाई सम्मान गरिएको थियो ।

महासचिव पुरी र शाखा अध्यक्ष रानाले १८ संस्थापक र दुई पूर्व अध्यक्षलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरे । पत्रकार मेघराज शर्माको नेतृत्वमा पत्रकार महासङ्घको शाखा स्थापना गरी पाल्पाली पत्रकारलाई संस्थागत गरिएको थियो । शाखाको नियमित गतिविधि प्रकाशन तथा प्रसारण गर्न सहजताका लागि वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

महासचिव पुरीले प्रेस स्वतन्त्रता र नागरिकका हक अधिकारका पक्षमा महासङ्घ सधैँ लडिरहने बताए । प्रेस स्वतन्त्रता रहे मात्र नागरिकका अधिकार सुनिश्चित हुने बताउँदै उनले आफूहरू प्रेस स्वतन्त्रताको पक्षमा उभिएको बताए ।

संस्थापक अध्यक्ष शर्माले पाल्पा शाखा स्थापना गर्न २० सदस्य नपुगेर गुल्मीबाट एक पत्रकार ल्याएर गठन गरिएको अनुभव सुनाए । उनले महासङ्घ पाल्पा शाखाका अध्यक्षहरूले केही न केही नमुना काम गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस