अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयन


२० पुस २०७८, मंगलबार


काठमाडौँ । भियना /युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ ।

निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।

एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइनेछ ।

चिकित्सकमध्ये एकजना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस