कर्मचारीलाई सङ्घीयता चाहिएको छैन : पूर्व अर्थमन्त्री पाण्डे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीलाई सङ्घीयता चाहिएको छैन : पूर्व अर्थमन्त्री पाण्डे


१९ पुस २०७८, सोमबार


काठमाडौँ । एमालेका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी संयन्त्रले सङ्घीयता नरुचाएको बताएका छन् । अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै पाण्डेले माथिल्लो तहका कर्मचारी तल्लो तहमा काम गर्न नरुचाउने प्रवृत्ति बढ्दै गएको र यसले सङ्घीयता कार्यान्वयनमा मात्र नभई बजेट खर्चमासमेत असर परेको बताए ।

‘कर्मचारीतन्त्रलाई सङ्घीयता चाहिएको छैन । उनीहरूलाई सङ्घमा जागिर खाने लहड छ,’ पाण्डेले भने, ‘जनतालाई वि केन्द्रीकृत सेवा चाहिएको छ तर कर्मचारी काठमाडौँ छोड्न चाहँदैनन् ।’

उनले काठमाडौँलगायत सहरी क्षेत्रमा मात्रै बस्न चाहने प्रवृत्ति माथिल्लो तहमा बढिरहेको पनि बताए ।

पाण्डेले भने, ‘कर्मचारी काठमाडौँमा बसेर हुँदैन । हुम्ला र जुम्लामा अध्ययन अनुसन्धानको काम हुन्छ, उनीहरू केन्द्रमा बसेर योजना बनाउँछन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस