एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका उम्मेदवार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका उम्मेदवार


१९ पुस २०७८, सोमबार


काठमाडौँ। नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको छ । । सोमबार  बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

प्रदेश(१ मा खुलातर्फ देवराज घिमिरे (झापा) महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु)उम्मेद्वार बन्नेछन् ।

प्रदेश-२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) उम्मेद्वार बन्नेछन् । बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल(कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) उम्मेद्वार बन्ने भएका छन् ।

लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी)लाई टिकट दिइएको छ । कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) लाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको छ ।

सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ ।

१२ माघमा हुने निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस