आज ९ बजे सत्ता साझेदार दलहरुको बैठक बस्दै « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

आज ९ बजे सत्ता साझेदार दलहरुको बैठक बस्दै


१९ पुस २०७८, सोमबार


काठमाडौँ । आज सत्ता साझेदार दलहरुको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्नेछ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरू कसरी अगाडि बढ्ने भन्ने विषय बैठकको मुख्य एजेण्डा छ । रिक्त १९ पदमध्ये कसले कति सिट पाउने लगायत विषय छलफल हुने बताइएको छ ।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा छन् ।

माघ १२ मा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस