कपिलवस्तुमा कार दुर्घटनामा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कपिलवस्तुमा कार दुर्घटनामा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते


१४ पुस २०७८, बुधबार


काठमाडौँ । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिक–१ पिपराका अनुराग पाण्डेको दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो ।

मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् ।

पाण्डे साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए । उनी कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष पनि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस