म्यानमारमा सैन्य कारबाहीमा ३० सर्वसाधारणको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

म्यानमारमा सैन्य कारबाहीमा ३० सर्वसाधारणको मृत्यु


११ पुस २०७८, आइतबार


काठमाडौँ । म्यानमारमा सैन्य कारबाही कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ।

पूर्वी कायाह राज्यमा भएको प्रदर्शनमा सैनिकले गरेको दमनमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै थुप्रै मानिस गम्भीर घाइते भएको बीबीसीले जनाएको छ।

घटनामा आफ्ना दुई कर्मचारी बेपत्ता भएको सेभ द चिल्ड्रेनले जनाएको छ। बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाका कर्मचारी सेनाको आक्रमणमा बेपत्ता भएका हुन्। घटनामा मृत्यु भएकाहरुको पहिचान हुन नसकेको जनाइएको छ।

सर्वसाधारणको गाडीमाथि सैनिकले घातक आक्रमण गरेको जनाइएको छ। जसका कारण थुप्रै शवहरु जलेर नचिनिने अवस्थामा छन्। शुक्रबार भएको घटनामा थुप्रै महिला र बालबालिकासमेत परेको जनाइएको छ।

सैनिकले भने कारबाहीमा केही आतंकवादी हताहत भएको प्रतिक्रिया दिएको छ। गत वर्षको फेब्रुअरीमा सैनिकले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा कयौँ सर्वसाधारणहरु प्रदर्शनका क्रममा मारिएका छन्।

निर्वाचित नेतृ आङ सान सुकी लगायतलाई सैनिकले नियन्त्रणमा लिएर गम्भीर मुद्दाहरु लगाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस