माओवादी केन्द्र र नेकपा मसाल बीच एकता « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

माओवादी केन्द्र र नेकपा मसाल बीच एकता


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच शुक्रबार एकता भएको छ।

महाधिवेशनको संघारमा शुक्रबार दिउँसो काठमाडौँको त्रिपुरेश्वरमा एक सभाका बीच एकता घोषणा गरिएको हो । माओवादी केन्द्रको यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

शुक्रबार एकता घोषणा सभामा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र मसाल सम्पर्क केन्द्रको तर्फबाट लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका छन् ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर गठन भएको नेकपा मसाल (सम्पर्क केन्द्र) ले माओवादीको महाधिवेशनको संघारमै एकता गरेको हो । मसालबाट अलग्गिएको उक्त समूहको नेतृत्व लोकेन्द्र लम्सालले गरेका थिए ।

मसालका नेता मोहनविक्रम सिंहले भने माओवादीसँग एकता गर्ने सम्पर्क केन्द्रलाई पार्टीमै फर्किनका लागि आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस