जोमसोम-कोरला सडक स्तरोन्नतिको काम अन्तिम चरणमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जोमसोम-कोरला सडक स्तरोन्नतिको काम अन्तिम चरणमा


९ पुस २०७८, शुक्रबार


म्याग्दी । जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।

जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ ।

उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि सात वटा खण्डमा ठेक्का लगाएको थियो ।

जोमसोम-कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस