काँग्रेसको प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेसको प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी


९ पुस २०७८, शुक्रबार


धनुषा । नेपाली काँग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । सभापतिका अर्का उम्मेदवार रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।

सभापति पदका लागि भएको मतदानमा २८ मत बदर भएको छ । रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । उनी प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाएका थिए ।

मधेसमा जन्मिएका निधिले २०३६ सालमा २३ वर्षको उमेरमै नेपाल विद्यार्थी सङ्घको अध्यक्ष बनेर राष्ट्रिय चर्चा बटुलेका थिए । काँग्रेसको महामन्त्री, उपसभापति र सरकारको उपप्रधानमन्त्री बनेर राष्ट्रिय राजनीतिमा स्थापित भए । अहिले उनका लागि गृह प्रदेशको पार्टी–निर्वाचन ठुलो प्रतिष्ठाको विषय बनेको थियो ।

नेपाली काँग्रेसको १४औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन भने विवादका कारण रोकिएको थियो । जसअन्तर्गत बिहीबार मात्रै मतदान सम्पन्न भएको हो । यसअघि प्रदेश अधिवेशनमा विवाद चर्किँदा सहभागीहरूबीच कुटपिट समेत भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस