माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


९ पुस २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ । आज (शुक्रबार) बिहान पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल हुने जनाइएको छ ।

अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस