बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु


८ पुस २०७८, बिहिबार


रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु भएको छ । बिहीबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढबहादुर थापाले जानकारी दिए । घटना बिहीबार बिहान करिब साढे ११ बजेतिर भएकाले शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस