स्पेनको क्यातलोनियामा कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणका लागि पुन : निषेधाज्ञा आदेश जारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्पेनको क्यातलोनियामा कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणका लागि पुन : निषेधाज्ञा आदेश जारी


८ पुस २०७८, बिहिबार


मड्रिड । स्पेनको उत्तरपूर्वी क्षेत्र क्यातलोनियामा क्रिसमसको पूर्वसन्ध्यामा रात्रिकालिन निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कोभिड-१९ को बढ्दो सङ्क्रमण रोक्नका निषेधाज्ञा जरूरी देखिएको भन्ने क्षेत्रीय सरकारको निर्णयलाई बिहीबार अदालतले अनुमोदन गरेको हो ।

यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड-१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो ।

यस क्षेत्रको सर्वोच्च अदालतले क्याटालोनियाको क्षेत्रीय सरकारले राती १ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म रात्रिकालिन कर्फ्यू लगाउन गरेको अनुरोधसँग सहमत भएको कुरा बताएको छ ।

यो आदेश उपाय शुक्रबारदेखि १५ दिनसम्म लागू हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस