अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर


८ पुस २०७८, बिहिबार


मस्को । अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन् । आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उनी स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।

अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उनले बताएका छन् । सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरुले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय मान्यताअनुसार कार्य गर्न कुनै हतार नगरेका पनि उनले बताएका छन् ।

त्यहाँको मानवीय अवस्था एकदमै गम्भीर रहेको र आर्थिक सहयोग व्यवस्थामा समस्या भएको लुक्यान्त्सेभलाई उद्धृत गर्दै स्पुतनिकले जनाएको छ । यसबाट आप्रवासी समस्या बढ्ने कुरा बिर्सिन नहुने पनि उनले चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस