सेयर बजार उकालो लाग्यो ,साढे ४ अर्बको कारोबार « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सेयर बजार उकालो लाग्यो ,साढे ४ अर्बको कारोबार


८ पुस २०७८, बिहिबार


शेयर बजार

काठमाडौँ । कारोबारको अन्तिम दिन आज (बिहीबार) पनि सेयर बजार उकालो लागेको छ । १२. ५३ अङ्कले बढेर बजारको परिसूचक नेप्से २५२० अङ्कमा पुगेको हो । दिनभर ४ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबार रकम हिजोको तुलनामा सामान्य कमी हो । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएको थियो । बिहीबारको बजार केही उतारचढाव देखियो । ११: २१ बजे नेप्से २४८६ अङ्कसम्म झरेको थियो भने १: ५२ बजे २५४२ अङ्कसम्म पुगेको थियो ।

बैङ्किङ ३, व्यापार ५, होटल तथा पर्यटन १९, निर्जीवन बीमा ३८१, उत्पादन ६४, अन्य १७, माइक्रो फाइनान्स ४७ र जीवन बीमा उपसमूह २०२ अङ्कले बढे । त्यस्तै विकास बैङ्क ४९, जलविद्युत १९ र फाइनान्स उपसमूह ४२ अङ्कले घटे ।

शिखर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढ्यो । बरुण हाइड्रो र जीवन विकास लघुवित्तको मूल्य ९ प्रतिशत धेरैले बढ्यो । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ६.७ प्रतिशतले घट्यो । हिमालयन डिस्टिलरी कारोबारका आधारमा अगाडि रह्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस