२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माण गरिँदै

अ+ अ-

कञ्चनपुर । पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रु २७ लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन पर्यटन सूचना केन्द्र, आगन्तुक विश्रामस्थल, गोल घर, फोहर विर्सजनस्थल, पर्यटकीय क्षेत्र देखाउने चिह्न, सिसा घर, पिङ, लव स्टेशन, सुविधा सम्पन्न शौचालय, स्नान घर, सडक क्षेत्रमा नालीलगायत संरचना निर्माणको कार्यलाई अगाडि बढाइएको जागरुक समाजसँग समन्वय गर्दै आएका भीमराज अवस्थीले बताए ।

स्थानीय पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहेको छ । भौतिक पूर्वाधार निर्माणका कार्य पुस मसान्तसम्म पूरा हुने लक्ष्य राखिएको छ ।

नगरपालिकाको सिमलफाँटा र जुडा क्षेत्रसँगै जोडिएको स्याली नदी छेउको सार्वजनिक जग्गामा पूर्वाधार निर्माणको कार्य भइरहेको वडाध्यक्ष जगतबहादुर सिंहले बताए ।

‘एकान्तमा रम्न चाहनेका लागि यो क्षेत्र गन्तव्यका रुपमा रहेको छ’, उनले भने, ‘चुरे क्षेत्रको मनोरम दृश्यावलोकनका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुरफाँटामा संरक्षित कृष्णसार अवलोकनकर्ताका लागि सहज हुनेछ ।’ पर्यटकीय गतिविधि बढेसँगै स्थानीयस्तरमै रोजगारीको समेत सिर्जना हुने उनले बताए ।

पर्यटकीय क्षेत्रमा वडाकै लगानीमा युवालाई अनुदान रकम उपलब्ध गराएर नास्ता पसल सञ्चालनका लागि प्रोत्साहन गरिने उल्लेख गर्दै उनले यसका लागिसमेत भौतिक पूर्वाधार निर्माण हुने बताए । पर्यटकीय क्षेत्रमै ज्येष्ठ नागरिकका लागि विश्रामस्थलका लागिसमेत कार्य अगाडि बढाइएको छ ।