नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयको निरीक्षण गरी प्रतिवेदन बुझाउन निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयको निरीक्षण गरी प्रतिवेदन बुझाउन निर्देशन


७ पुस २०७८, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् ।

समितिले उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँच वर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ ।

नवीकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेस गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस