तानसेनमा पारिवारिक लगत विवरण सङ्कलन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तानसेनमा पारिवारिक लगत विवरण सङ्कलन


७ पुस २०७८, बुधबार


पाल्पा । तानसेन नगरपालिकाले सबै घरपरिवारलाई पारिवारिक लगत विवरण सङ्कलन गर्न थालेको छ । सङ्कलन विवरणलाई ‘फेमिली कार्ड‘का रुपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाले १४ वडामा लगत विवरण सङ्कलन गर्न गणक खटाएको हो । नगर प्रमुख अशोककुमार शाहीले प्रविधिमैत्री कार्यालयका रुपमा नगरपालिकालाई विकास गर्नका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको जानकारी दिए ।

नगरपालिका मातहतका कार्यालयलाई पेपरलेस बनाउँदै लैजाने योजनाअनुरुप तथ्याङ्क सङ्कलन थालिएको नगर प्रमुख शाहीले बताए । नगरपालिकाभित्रका सम्पूर्ण कामका लागि प्रयोग हुने गरी फेमिली कार्डको सोच ल्याएको सूचना प्रविधि अधिकृत प्रकाश गैरेले बताए ।

सो कार्डमा व्यक्तिगत तथा पारिवारिक विवरण समावेश गरिएको गैरेले बताए । यसबाहेक पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, वैदेशिक रोजगारी, घरजग्गा, आर्थिक, नगरपालिकाबाट प्रदान गरेका सेवा, सुविधा कार्डमा उल्लेख गरिएको छ ।

नगर सूचना व्यवस्थापन प्रणालीअन्तर्गत फेमिली कार्ड निर्माण र वितरण गरिन लागेको नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताए ।

फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आइडी नम्बर समावेश गरिनेछ । यसमार्फत नगरपालिकाले सहजरुपमा नागरिकको सूचना प्राप्त गरी कार्य सम्पादन छिटो र सरल हुने विश्वास लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस