तराईमा हुस्सु–कुहिरो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तराईमा हुस्सु–कुहिरो


७ पुस २०७८, बुधबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु–कुहिरो रहेको छ।

तराईका भू–भागहरूमा बिहानको समयमा हुस्सु–कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५।५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ ।

बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

बिहीबार पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै शुक्रबार पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस