अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासनको निर्देशन


७ पुस २०७८, बुधबार


मोरङ । एमबीबीएस भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पठनपाठन सुरु गर्न जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज विराटनगरलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अभिभावक र कलेजका प्रतिनिधिसँगको छलफलपछि अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् ।

आयोगले तोकेभन्दा बढी अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।

विद्यार्थी र अभिभावकले सोमबार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइ कलेजले अतिरिक्त शुल्क बुझाउन दबाब दिएको गुनासो गरेपछि प्रजिअ दाहालले छलफलका लागि बोलाएका थिए ।

क्याम्पस प्रशासन इन्टर्नसिप शुल्क नतिरे विद्यार्थीले इन्टर्नसिप गर्ने बेलामा पारिश्रमिक नदिने सर्तमा मान्न तयार भएको छ । तर होस्टल र विश्वविद्यालय सम्बन्धन शुल्क तिर्नैपर्ने अडान लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस