सेयर बजारका सबै उपसमूहमा हरियाली, २४ सय नाघ्यो नेप्से « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सेयर बजारका सबै उपसमूहमा हरियाली, २४ सय नाघ्यो नेप्से


६ पुस २०७८, मंगलबार


काठमाडौँ । आज (मंगलबार) सेयर बजारका सबै उपसमूहमा हरियाली छाएको छ ।

तरलता सङ्कटको समाधानका लागि आयातमा कडाइ र स्थानीय तहको ८० प्रतिशत रकम बैङ्कमा निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था भएसँगै त्यसको प्रभाव मंगलबारको सेयर बजारमा परेको हो ।

नेप्से परिसूचक ५६. ७३ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २४१५ अङ्कमा पुगेको छ । कारोबार रकम भने अझै बढ्न सकेको छैन । दिनभर २ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।

सबै उपसमूहहरु बढेका छन् । बैङ्किङ ३२, व्यापार ६९, होटल तथा पर्यटन ५४, विकास बैङ्क १३७, जलविद्युत ९४, फाइनान्स ३७, निर्जीवन बीमा २०४, उत्पादन १७०, अन्य ७०, माइक्रो फाइनान्स ९० र जीवन बीमा २०६ अङ्कले बढे ।

कुल १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटाको घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । ग्रीन डेभलपमेन्ट बैङ्कको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो ।

त्यस्तै जानाकी फाइनान्सको मूल्य ९.८१ प्रतिशतले बढ्यो । रसुवागढी हाइड्रोपावरको मूल्य ९.२ प्रतिशतले बढेको छ । गोर्खा फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस