होन्डुरसमा पहिलो महिला राष्ट्रपति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

होन्डुरसमा पहिलो महिला राष्ट्रपति


६ पुस २०७८, मंगलबार


तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रोलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको जनाएको हो ।

होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो ।

यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ ।

उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१।१२ मत प्राप्त गरेकी थिइन् । उनी होन्डुरसका पूर्व राष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डुरसको पहिलो महिला राष्ट्रपति हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस