काँग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस केन्द्रीय सदस्यमा विनोद चौधरी निर्वाचित


६ पुस २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित निर्वाचित भएका छन् ।

आज (मंगलबार) सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । चौरासियाले २५२२ मत पाएका छन् ।

त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस