आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न अनुरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न अनुरोध


६ पुस २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न भनेको छ ।

सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेका हुन् ।

सर्वोच्चका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको छ । सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने कानुन व्यवसायीहरूले बताएका छन् ।

सर्वोच्चमा झन्डै दुई महिनादेखि गतिरोध जारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस