सुर्खेत विमानस्थल आजदेखि सञ्चालन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुर्खेत विमानस्थल आजदेखि सञ्चालन


६ पुस २०७८, मंगलबार


सुर्खेत । मर्मतका लागि भन्दै एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ ।

विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि विमानस्थल बन्द थियो । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।

विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौँ–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौँ नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो ।

नेपालगञ्जमा दैनिक पाँच उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गर्ने गरेको थियो । धावनमार्ग मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस