भरतपुरमा ३२ करोड लगानीकाे सिएमटी रिसोर्ट सञ्चालनमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भरतपुरमा ३२ करोड लगानीकाे सिएमटी रिसोर्ट सञ्चालनमा


६ पुस २०७८, मंगलबार


चितवन । चितवनको भरतपुरमा ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट (सिएमटी रिसोर्ट) सञ्चालनमा ल्याइएको छ ।

भरतपुर महानगरपालिका–९ हाकिमचोकमा ६५ जनाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

सो रिसोर्टमा ३२ करोड लगानी भएको बताइएको छ । एक बिघा जग्गामा फैलिएको रिसोर्ट पूर्णरुपमा सन्चालनमा ल्याइएको हो । एक बिघामध्ये १४ कठ्ठा जग्गा वाणिज्य बैंकको सरकारी जग्गा र बाँकी व्यक्तिको जग्गा भाडामा लिएर रिसोर्ट सन्चालन गरिएको छ ।

नजिकिंदो क्रिसमस चाड र नेपाली नयाँ वर्ष अगाडि सन्चालनमा ल्याइएको रिसोर्टमा आधुनिक सुविधा सम्पन्न एक्जुकेटिभ कोठासहित ४२ वटा कोठा छन् । रिसोर्टमा २५०० सिट क्षमताको इभेन्ट हलसहित अन्य तीन वटा साना हलहरु रहेका छन् ।

एकैपटक एक सय जनालाई खुवाउन मिल्ने भोजनालय, बार, कफीसप, स्विमिङ पुलको समेत रिसोर्टमा व्यवस्था छ ।

रिसोर्टमा अत्याधुनिक सुविधा सम्पन्न डिस्को बारसहित पार्टी बसको समेत व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस