४० लाखमा गैंडाको खाग डिल गरेका ६ जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

४० लाखमा गैंडाको खाग डिल गरेका ६ जना पक्राउ


६ पुस २०७८, मंगलबार


काठमाडौँ । संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काभ्रे घर भएका ४१ वर्षीय बिरमान तामाङ, ४२ वर्षीय बेद बहादुर दनुवार, २० वर्षीय नवराज गिरी र ३२ वर्षीय भिम तामाङ, पाँचखाल नगरपालिका–३ का ३१ वर्षीय सोहन कार्की र सिन्धुलीका ४१ वर्षीय भिम बहादुर थिङ रहेका छन् ।

गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस