माघ ८ गते एमाले लुम्बिनी प्रदेशको अधिवेशन नेपालगञ्जमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माघ ८ गते एमाले लुम्बिनी प्रदेशको अधिवेशन नेपालगञ्जमा


६ पुस २०७८, मंगलबार


दाङ । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन माघ ८ गते नेपालगञ्जमा हुने भएको छ ।

लुम्बिनी प्रदेश संगठन कमिटीको सोमबार दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण बैठकले प्रदेश अधिबेशन बाँके जिल्लाको नेपालगञ्जमा गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशनका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा एक हजार एक सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ ।

बैठकले पुस २८ गते सबै निर्वाचन क्षेत्रबाट अनिवार्य रुपमा प्रतिनिधि छनोट गर्ने जनाएको छ । अधिवेशनका लागि प्रतिनिधिहरुको नाम, ठेगाना, पार्टी सदस्यता नम्बर, मोबाइल नम्बर र फोटो सहितको विवरण पुस २१ गतेसम्म प्रदेश कार्यालय बुटवलमा अनिवार्य रुपमा बुझाउन भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस